काठमाडौं, ४ माघ । जेन–जी अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने भएका छन् । केहीबेरमा रास्वपा कार्यालय पुगेर पार्टी प्रवेश गर्न लागेको उनले जानकारी गराएका छन् । आज दिउँसो ३ः३० बजे बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्दैछौँ,’– गुरुङले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
रास्वपा प्रवेश गर्नुलाई उनले पद, शक्ति वा व्यक्तिगत स्वार्थको लागि नरहेको पनि बताएका छन् । उनले जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आफू रास्वपाको राजनीतिमा आउन लागेको बताएका छन् ।
उनले जनहित पहिलो प्राथमिकता रहने, युवाको विश्वास सुरक्षित रहने र परिवर्तनलाई स्थायी बनाइने पनि बताएका छन् । गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् ।




प्रतिक्रिया