काठमाडौं, ४ फागुन । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । बालेनले आज पदबाट राजीनामा दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहेका बालेन आज (आइतबार) औपचारिक रुपमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ । रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमा बालेनको लागि कार्यकक्ष तयार भएको पनि स्रोतले बतायो ।
आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेनले झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बन्नका लागि उनले मेयर पदबाट राजीनामा दिएका हुन् ।




प्रतिक्रिया