काठमाडौँ, ४ माघ । गृहसचिव राजकुमार श्रेष्ठले नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालको आज निरीक्षणपश्चात् आयोजित कार्यक्रममा उनले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक समन्वय र सहकार्यका साथ कार्यसम्पादन गर्न निर्देशन दिए ।
गृहसचिव श्रेष्ठले स्रोतसाधनको सीमितता र चुनौतीका बाबजुद अपराधको नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा, समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गराउन तथा कानुन कार्यान्वयनमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रचलित ऐन, कानुनको कार्यान्वयन, नागरिकको जीउधन र संवैधानिक हकअधिकारको संरक्षणमा प्रहरी सङ्गठन कटिबद्ध रहेको बताए। । रासस




प्रतिक्रिया