काठमाडौं, ४ माघ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको टिकट वितरणप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एमालेले टिकट वितरणका सन्दर्भमा गरेको निर्णयप्रति उनले असहमति जनाएका हुन् ।
शनिबार बसेको एमाले सचिवालय बैठकले १६५ मध्ये १४० क्षेत्रका उम्मेदवारको नाम टुङ्गो लगाएको थियो । उपमहासचिव भट्टराईले आज पार्टी कार्यालय पुगेर ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् ।
उनले ४ वटा बुँदामा असहमति राखेको बताइएको छ । टिकट वितरणमा मापदण्ड नमिलेको, प्रतिनिधिसभा उम्मेदवारमा प्रतिस्पर्धाको बेलामा पक्षधरता देखिएको, कार्यकर्तामाथि अन्याय भएको र बाह्य चुनौतीलाई पनि ध्यान नदिइएको उनले नोट अफ डिसेन्टमा उल्लेख गरेका छन् ।




प्रतिक्रिया