काठमाडौं, ४ माघ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य चुनाव लड्ने भएका छन् । पूर्व प्रधानमन्त्री डा.भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट चुनाव लड्ने भएका हुन् ।
पूर्व प्रधानमन्त्री डा.भट्टराईले चुनाव लड्नका लागि आज गोरखाका अगुवा नेताहरूसँगको छलफल गरिसकेको बताइएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गोरखा–२ मा लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ । एमालेले भने चक्रे मिलनलाई उम्मेदवार बनाएको छ ।




प्रतिक्रिया