आफूसँग चुनाव लड्न बालेनलाई महेशको निम्तो


काठमाडौं, ४ माघ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहलाई भक्तपुर क्षेत्र नम्बर २ मा चुनाव लड्नका लागि चुले निम्तो दिएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले बालेनलाई आफूसँग चुनाव लड्न आउन चुले निम्तो दिएका हुन् ।

‘बालेनजी महोत्तरी र झापा होइन, आउनुस् भक्तपुरमा । चुनाव लड्नका लागि चुले निम्तो दिन्छु । भक्तपुर क्षेत्र नम्बर २ मा आउनुस्, हिम्मत छ ? मैले निम्तो दिए,’– उनले भने ।

बालेनले झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारी गरेका छन् । उक्त क्षेत्र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन लड्दै आएको ठाउँ हो । बालेन र ओलीबीच झापा ५ मा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको अवस्थामा एमाले सचिव बस्नेतले बालेनलाई आफूसँग पनि चुनाव लड्न नसक्ने दाबी गरेका हुन् ।