काठमाडौं, ४ माघ । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लड्ने भएका छन् । डा.भण्डारीलाई राप्रपाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाउने भएको छ ।
काठमाडौं क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निर्वाचन क्षेत्र हो । कांग्रेस सभापति थापाले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । डा.भण्डारी संवैधानिक कानूनका ज्ञाता हुन् ।




प्रतिक्रिया