काठमाडौं, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री कमल थापा काठमाडौं–५ बाट चुनाव लड्ने पक्का भएको छ । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । राप्रपाले काठमाडौंका प्रायः सबै क्षेत्रका उम्मेदवार तय गरिसकेको जनाईएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा कमल थापाको नाम तय भएको छ । यस्तै, काठमाडौं–६ मा उद्धवराज भेटवालको नाम टुँगो लागेको छ । काठमाडौं–५ मा भने कमल थापा ०६४ को निर्वाचनमा विजयी भएका थिए । थापाको लागि यो क्षेत्र पूरानै हो ।
०७९ को निर्वाचनमा भने थापा मकवानपुरबाट प्रतिष्पर्धामा उत्रिएका थिए । तर, उनी राप्रपाका नेता दिपकबहादुर सिंहसँग पराजित भएका थिए । थापा भने एमालेको सूर्य चिन्ह लिएर मैदानमा उत्रिएका थिए । राजसंस्थाको वकालत गर्ने थापा एमालेको चुनाव चिन्हबाट मैदानमा उत्रिँदा उनको निकै आलोचनासमेत भएको थियो । file photo




प्रतिक्रिया