विष्णु पौडेल रूपन्देही–२ बाट चुनाव लड्ने निधो, हिजोको निर्णय सच्चियो


काठमाडौं, ४ माघ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल रूपन्देही–२ बाट चुनाव लड्ने भएका छन् । हिजोमात्रै उनको नाम पाल्पा–२ बाट सिफारिश भएको थियो । ०७९ को निर्वाचनमा यो क्षेत्रबाट ठाकुर गैरेले चुनाव जितेका थिए । धेरैले पौडेल रुपन्देहीमा असुरक्षित भएपछि एमालेको गढ मानिएको पाल्पामा सर्न लागेको भनेर आलोचना गरेका थिए ।

गैरेको पक्षमा नेता तथा कार्यकर्ताले सञ्जालबाटै क्याम्पेन गरेपछि पौडेल अन्ततः रुपन्देही–२ बाट नै चुनाव लड्ने निधोमा पुगेका हुन् । हिजोको सचिवालय बैठकले पौडेलको नाम टुँगो लगाएको पाल्पा–२ मा भने ठाकुर गैरेलाई नै टिकट दिने बुझिएको छ ।