काठमाडौं, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह जनकपुर पुगेका छन् । जनपुर उपमहानगरपालिकाभित्र पर्ने तिरुहुतियागाछीमा भोलि (सोमबार) हुने कार्यक्रममा सहभागी हुन उनी जनकपुर पुगेका हुन् । जनकपुर पुगेका बालेनलाई स्वागत गर्न ठूलो भीड लागेको थियो । भीड छिचोलेर बाहिरिन बालेनलाई हम्मेहम्मे परेको थियो ।
बालेनले आफूलाई स्वागत गर्नका लागि उपस्थित भएकाहरु देख्दा साह्रै खुसी र माया लागेको बताए । उनले भोलि कार्यक्रममा उपस्थित हुन सबै जनालाई आग्रह गरेका छन् ।
‘यहाँ आइपुगेर तपाईँहरुलाई भेट्न पाउँदा, तपाईँहरुलाई देख्न पाउँदा साह्रै खुसी लागेको छ । साह्रै माया लागेको छ । अब हामी पनि भर्खरै आइपुग्यौं । भोलिको कार्यक्रमका लागि थोरै प्लानिङहरु पनि गर्नुपर्ने छ । धेरै केही भन्न चाहन्नँ– भोलि भेटौंला । आजको लागि शान्त भएर बसिदिनु । भोलि कार्यक्रमस्थलमा सबै जना आउनुहोला है,’– उनले भने ।




प्रतिक्रिया