काठमाडौं, ४ माघ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईको ताप्लेजुङको टिकट खोसिएको छ। अध्यक्ष केपी शर्मा ओलीले योगेशलाई ताप्लेजुङबाट टिकट नदिएर युवा संघका अध्यक्ष क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरका छन् ।
०७९ मा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारलाई पराजित गरेर जित निकालेका योगेशलाई भने यसपटक अध्यक्ष ओलीले टिकट दिएनन् । हिजोको सचिवालय बैठकमा ओलीले टिकट वितरण गर्दा विभेद गरेको भन्दै योगेशले नोटक अफ डिसेन्ट दर्ज गराएका थिए ।
अध्यक्ष ओलीले चर्चित नेता गोकुल प्रसाद बाँस्कोटालाई समेत टिकट दिएनन् । उनको ठाउँमा धुलिखेलका प्रभावशाली नेता अशोक ब्याञ्जुलाई टिकट दिएका छन् ।




प्रतिक्रिया