निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राजनीतिक दलबाट पेस भएका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको हो । सार्वजनिक भएको विवरण अनुसार ५७ निर्वाचन चिन्हमा ६३ वटा राजनीतिक दलबाट ३ हजार २ सय १३ जनाको नाम सार्वजनिक गरिएको हो ।
दलहरूले गत पुस १३ र १४ गते समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएका थिए । उक्त सूची आज सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रकाशन गरेको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले यही माघ १० गतेसम्म निवेदन दिन सक्नेछन् । निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दावी विरोध गर्नुपर्ने हुन्छ ।




प्रतिक्रिया