बालेन डराइसके, झापा आउँदैनन्ः हर्क सम्पाङ


काठमाडौं, ५ माघ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राई (हर्क साम्पाङ) ले बालेन्द्र शाहले झापाबाट चुनाव नलड्ने दाबी गरेका छन् । बालेन झापा आउन डराइसकेको सम्पाङको टिप्पणी छ । बालेनले झापा ५ बाट चुनाव लड्ने तयारी गरिरहेको बेलामा अध्यक्ष साम्पाङले यस्तो टिप्पणी गरेका हुन् ।

त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि झापाबाट चुनाव नलड्ने साम्पाङको दाबी छ । ओलीले तेह्रथुम जाने तयारी गरेको साम्पाङको दाबी छ । तेह्रथुममा पनि श्रम संस्कृति पार्टीले बलियो उम्मेदवार उठाएको उनले बताएका छन् ।

‘बालेन झापा आँदैनन् ।डराइसक्यो माटोदेखि । केपी ओलि नि तेह्रथुम जाने रे । तेह्रथुममा पनि हाम्रो उम्मेद्वार बलिया छन्,’– साम्पाङले भनेका छन् ।