काठमाडौं, ५ माघ । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री शतिस कुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । आज (सोमबार) उनले मधेश प्रदेशसभाका सभामुखलाई राजीनामा बुझाएका हुन् ।
गत २०७९ को प्रदेशसभा निर्वाचनमा जनमत पार्टीबाट निर्वाचित भएका सिंहले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पनि राजीनामा दिएका छन् ।
‘आज विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएँ। साथै, जनमत पार्टीको सधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएको छु,’– उनले भने ।
सिंह आगामी निर्वाचनमा एमालेबाट उम्मेदवार बन्ने टुंगो लागेको बताइएको छ । एमालेको सचिवालय बैठकले सिंहलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।




प्रतिक्रिया