काठमाडौं, ५ माघ । डा.सुन्दरसिंह बोहरा नेतृत्वको नेपाल आवास पार्टी र वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी नेतृत्वको नेपाल नागरिक पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा एकीकृत भएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राप्रपामा एकीकृत भएको जानकारी गराइएको हो ।
वरिष्ठ अधिवक्ता डा.भण्डारीले अब मुलुकलाई दुईवटा कित्तामा राखेर आफ्नो महत्वपूर्ण मतदान गर्नुपर्ने बताए । ‘एउटा कित्तामा हिजोका ठूला भनाउँदा दलहरु, जसले देशलाई बर्वाद गरे । भ्रष्टाचार, बेथिति, लुटतन्त्र, सेटिङ, घुसखोरीको केन्द्रविन्दु राज्यलाई बनाए । ती दलहरुबाट यो मुलुकलाई निकास चाहिएको छ । ती दलहरुको विकल्पको रुपमा हामी विकल्प दिन्छौं भनेर आएका केही साथीहरुको राजनीतिक रुपमा म विमति राख्छु,’– उनले भने ।
रवि लामिछाने, बालेन्द्र शाह, कुलमान घिसिङलगायत राजनीतिमा आएका व्यक्तिहरु ज्यादै विवादास्पद पात्र रहेको र उनीहरुले बोकेका एजेण्डाहरु यो मुलुकको अहितमा रहेको उनले बताए । उनीहरु विकल्प हुन नसक्ने र मुलुकलाई गन्तव्यमा पुर्याउन नसक्ने उनले बताए । उनले रवि, बालेन र कुलमान एमसीसी, समलिङ्गी विवाह बोक्ने शक्ति रहेको र विभिन्न विवादै–विवादमा भरिएको उनले बताए ।
उनले अब विकल्पको राजनीतिले नेपाली जनतालाई भ्रम छर्न नपाइने उनले बताए । अबको राजनीति विकल्पको राजनीति भएर देशभक्ति र राष्ट्रियता, नागरिकतन्त्र र रणनीतिक विदेश नीति र लोकतन्त्रको राजनीति हुनुपर्ने उनले बताए । यी सम्पूर्ण कुराहरु राप्रपामा भएको कारणले आफूहरु एकीकृत भएको उनले बताए । अब मुलुक बचाउने पवित्र पार्टी र निष्कलङ्कित उम्मेदवारलाई मत दिन उनले आग्रह गरे । उनले अबको राष्ट्रवादी धार राप्रपा रहेको बताए ।




प्रतिक्रिया