काठमाडौं, ५ माघ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा ओर्लिएका छन् । भोलि हुने प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारी दर्ताको लागि ओली आज अपरान्ह झापा ओर्लिएका हुन् । उनी यति एयरलाईन्समार्फत आज पत्नी राधिका शाक्यसहित झापा ओर्लिएका हुन् । ओलीले भोलि झापा–५ बाट उम्मेदवारी दर्ता गर्ने भएका छन् । यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पनि उम्मेदवारी दर्ता गराउने पक्का भएको छ। उनी आज मधेश प्रदेशमा छन् । जनकपुरमा रास्वपाले आयोजना गर्ने बृहत सभालाई सम्बोधन गरेर बालेन उतैबाट स्थलगमार्ग हुँदै झापा पुग्ने भएका छन् । झापा–५ ओलीलाई हराउनको लागि उनी मैदानमा उत्रिन लागेका छन् । कतिपयले ओलीले यो क्षेत्रबाट चुनाव नलड्ने भनेर चर्चा गरेका थिए । तर, ओलीले आफूलाई जनताप्रति पूरा विश्वास भएको भन्दै मैदानमा उत्रिने निधो गरेका छन् । हुन त ओली उस्तै परे तेह«थुम पनि जानसक्ने अड्कलबाजी भइरहेको छ । यो क्षेत्रमा एमालेले भानुभक्त ढकाललाई टिकट दिएको छ । झापामा विमानस्थलमा ओलीलाई एमालेका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । सो क्रममा उनीहरुले नेपालको चुच्चे नक्शासहित स्वागत गरेका थिए । स्वागतको लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहितका नेता तथा कार्यकर्ताहरु विमानस्थलमा पुगेका थिए ।




प्रतिक्रिया