काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी नदिने भएका छन् । निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका थिए ।
कांग्रेसभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि उनले चुनाव नलड्ने निर्णय गरेका हुन् । नेता खड्काले चु्नाव नलडे पनि प्रचार प्रसारको लागि भने देशभर जाने बताए ।




प्रतिक्रिया