प्रलोपाले आफ्नै चुनाव चिन्हबाट निर्वाचन लड्ने अध्यक्ष परियारको दाबी, यस्तो छ विज्ञप्ति


काठमाडौं, ५ माघ । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले पार्टीको आधिकारिक चुनाव चिन्ह ‘एकल खुलेको आँखा’ रहेको स्पष्ट पारेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रलोपाका उम्मेदवाहरु यही चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने कुरा परियारले स्पष्ट पारेका छन् ।

परियारले भनेका छन्–‘प्रगतिशील लोकतान्त्रिक पार्टीसँग सम्वद्ध केही व्यक्तिहरु अन्य पार्टीको चुनाव चिन्हबाट चुनाव लड्ने भन्ने भ्रामक विषय फैलाईएकाले ती समाचारहरुमा कुनै सत्यता नभएको स्पष्ट पार्दछौं । साथै, यस विषयलाई लिएर फैलाईएका भ्रमपूर्ण सूचनामा विश्वास नगर्नुहुन अनुरोध पनि गर्दछौं ।’ file photo