काठमाडौं, ५ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन् । जनकपुरमा आयोजित रास्वपाको कार्यक्रमबाट उनी औपचारिक रुपमा पार्टी प्रवेश गर्न लागेका हुन् । उनलाई रास्वपाले बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
उनी गत २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए । अन्सारीले एक महिनाअघि मात्रै पार्टी छाडेको औपचारिक जानकारी गराउँदै राजीनामा पत्र सार्वजनिक गरेका थिए । उनले कुशासन र भ्रष्टाचारीबाट देशलाई बचाउन रास्वपा प्रवेश गरेको प्रतिक्रिया दिए ।




प्रतिक्रिया