नेपाली कम्युनिष्ट पार्टीले १६५ वटै क्षेत्रमा टुङ्ग्यायो उम्मेदवार, पूर्वी रुकुम गए प्रचण्ड (नामावलीसहित)


काठमाडौं, ५ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा भाग लिने उम्मेदवारको नामावली टुङ्गो लगाएको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी रुकुमबाट उम्मेदवार बनेका छन् । नेकपाका सह–संयोजक माधवकुमार नेपाल भने रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् ।

आसन्न फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता भोलि (माघ ६ गते) का लागि तोकिएको छ ।

नामावली हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।