नेकपाले रामेछापबाट श्याम श्रेष्ठलाई बनायो उम्मेदवार


काठमाडौं, ५ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रामेछापबाट पूर्व राज्यमन्त्री श्याम कुमार श्रेष्ठलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रेष्ठलाई जितको शुभकामनासहित टिकट दिएका हुन् ।

नेता श्रेष्ठ रामेछाप गेलुका स्थानीयवासी हुन् । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ता भोलि (माघ ६ गते) का लागि तोकिएको छ ।

नेकपाले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरु तय गरिसकेको छ ।