बेइजिङ,५ माघ । चीनको ‘शेनझोउ–२०’ अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको भित्री मङ्गोलिया क्षेत्रमा सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेको छ। उक्त यानमा कुनै पनि अन्तरिक्ष यात्री सवार थिएनन् ।
‘शेनझोउ–२०’ चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमअन्तर्गत तयार गरिएको एक अन्तरिक्ष यान हो, जसलाई अन्तरिक्ष यात्री र सामग्री अन्तरिक्ष स्टेशनसम्म लैजान तथा फिर्ता ल्याउन प्रयोग गरिन्छ। यो यान जिउछ्वान प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो र अन्तरिक्ष स्टेशनसँग सफलतापूर्वक जोडिएको थियो।
शेनझोउ–२० ले लामो समयसम्म अन्तरिक्षमा बसेर अनुसन्धान, परीक्षण तथा आपतकालीन तयारीसम्बन्धी कामहरू सम्पन्न गर्यो। अन्तरिक्षको फोहोरसँग ठोक्किएको आशङ्कापछि केही समय कक्षामै राखिएको यस यानले करिब २७० दिन अन्तरिक्षमा बिताएर सुरक्षित रूपमा पृथ्वीमा फर्केर चीनको अन्तरिक्ष प्रविधि र आपतकालीन क्षमताको सफल परीक्षण गरेको छ।
चीनको मानवयुक्त अन्तरिक्ष एजेन्सीका अनुसार अवतरणपछि गरिएको जाँचमा यानको बाहिरी भाग सामान्य अवस्थामा रहेको र भित्रका सामग्रीहरू पनि सुरक्षित रहेको पाइएको छ। यससँगै शेनझोउ–२० को अवतरण प्रक्रिया पूर्ण रूपमा सफल भएको जनाएको छ।
शेनझोउ–२० अन्तरिक्ष यान गत वर्ष जिउछ्वान प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो र अन्तरिक्ष स्टेशनसँग जोडिएर लामो समयसम्म कक्षमा रहेको थियो।
कुल २७० दिन अन्तरिक्षमा बसेपछि यो यान पृथ्वीमा फर्किएको हो। यस अवधिमा विभिन्न परीक्षण र अध्ययन गरिएको थियो।
यस यानका अन्तरिक्ष यात्रीहरू यसअघि नै सुरक्षित रूपमा पृथ्वीमा फर्किसकेका छन् र उनीहरू सबै स्वस्थ रहेका छन्। रासस




प्रतिक्रिया