कन्हैया बनियाँद्वारा प्रदेशसभा सदस्य पदबाट राजीनामा


देवदह (रुपन्देही), ५ माघ । लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन् । २०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नं ४ ९१० मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित बनियाँले आजदेखि लागू हुनेगरी राजीनामा दिएका हुन्।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसमक्ष राजीनामा पत्र बुझाएको उनले जानकारी दिए । राजीनामा दिएका बनियाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–४ बाट उम्मेदवारी दिने जानकारी दिए । “पदमा हुँदा लुम्बिनी प्रदेश र सम्पूर्ण मर्चवारवासीको हितमा इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु,” उनले भने । रासस