राजीनामा दिने तयारीमा मन्त्री खरेल, रास्वपाबाट चुनाव लड्ने


काठमाडौं, ५ माघ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएपछि उनले राजीनामा दिन लागेका हुन् ।

मन्त्री खरेलले आजै प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाउने तयारी गरेको स्रोतले बतायो । स्रोतका अनुसार उनलाई रास्वपाले ललितपुरको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने भएको छ ।