काठमाडौं, ५ माघ । डा. अमरेशकुमार सिंह रास्वपामा प्रवेश गरेका छन् । जनकपुरमा आज आयोजित परिवर्तन उद्घोष कार्यक्रममार्फत उनी रास्वपामा प्रवेश गरेका हुन् । उनले सँगै कार्यक्रममा रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई देशको महानायकको संज्ञा दिए । उनले अब देशले बालेनजस्तो प्रधानमन्त्री पाउने भन्दै खुशी व्यक्त गरे ।
सो क्रममा उनले सभापति रवि लामिछानेलाई भने नायकको संज्ञा दिए । नेता सिंहले मधेशले पहिलोपटक प्रधानमन्त्री पाउन लागेको भन्दै खुशी व्यक्त गरे । बालेन प्रधानमन्त्री बन्दामात्रै शहीदको सपना पूरा हुने र मधेशको छोराछोरीको भविष्य साकार पार्न सकिने दाबी गरे ।
सम्बोधनको क्रममा डा. सिंहले भने,‘बालेन शाहलाई प्रधानमन्त्री बनायौँ भने सहिदको सपना साकार गर्न र मधेशको छोराछोरीको भविष्य साकार पार्न सकिन्छ । त्यसैलै बालेनलाई जिताउन आवश्यकता छ । जेनजी आन्दोलनको तमाम शहीदहरूको साक्षी राखेर घोषणा गर्न चाहन्छु कि देश बालेनमय भएको छ । यो देशको नायक रास्वपाका रवि लामिछाने हुन भने महानायक बालेन शाह हुन् । हामी सीता माताका सन्तान हौं । बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’




प्रतिक्रिया