ईश्वर पोखरेल काठमाडौं ५ बाट चुनाव लड्ने


काठमाडौं, ५ माघ । नेकपा (एमाले) का नेता ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने भएका छन् । नेकपा (एमाले) ले नेता पोखरेललाई काठमाडौं ५ बाट उम्मेदवार बनाएको हो ।

गत शनिबार बसेको एमाले सचिवालय बैठकले काठमाडौ–५ मा उम्मेदवार टुङ्गो लगाएको थिएन । अन्ततः एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई टिकट दिएका हुन् । एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा पोखरेलले ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेर उपविजेता बनेका थिए ।

प्रतिस्पर्धाको कारण ओली र पोखरेलको सम्बन्ध चिसिएको थियो । पोखरेलसँग सम्बन्ध चिसिएकै कारण ओलीले काठमाडौं ५ को टिकट टुङ्गो लगाएका थिएनन् ।