काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौं क्षेत्र नम्बर ५ को उम्मेदवार बनाएको छ। उनी भएको विशेष महाधिवेशनबाट कांग्रेसको महामन्त्री बनेका थिए । पौडेल यसअघिको चुनावमा पनि त्यही क्षेत्रबाट विजयी भएका थिए।
त्यस्तै, नेकपा (एमाले) ले काठमाडौं ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाएको छ । पोखरेल एमालेको पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । गत एमालेको ११औं महाधिवेशनका पोखरेल केपी शर्मा ओलीसँग अध्यक्षमा पराजित भएका थिए । एमालेले अन्तिम समयमा पोखरेललाई काठमाडौं ५ को उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा पोखरेल सो क्षेत्रबाट उपविजेता बनेका थिए ।
गत २०७९ को आम निर्वाचनमा पनि सो क्षेत्रमा कांग्रेसका पौडेलले १५ हजार २ सय ६९ मत पाएर विजयी भएका थिए । उपविजेता बनेका एमालेका पोखरेलले १० हजार १ सय ९० मत पाएका थिए । गत निर्वाचनमा कांग्रेसले सो क्षेत्रबाट १० हजार ४३ समानुपातिक मत पाएको थियो । एमालेले भने ९ हजार ६ सय ५२ समानुपातिक मत पाएको थियो ।




प्रतिक्रिया