रौतहट, ६ माघ । संविधानसभाका सदस्य एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) कार्यकारिणी समिति सदस्य आत्माराम साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
जसपा परित्याग गरेका साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आज उनलाई आजपामा प्रवेश गराउदै पार्टीमा स्वागत गरेका छन् ।
आजपा प्रवेश गरेका साह २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं. २ बाट उम्मेदवार भएका छन् । उनी आज बारा २ बाट उम्मेदवारी दर्ता गराउदैछन् । ईन्जिनियर समेत रहेका साह मधेस प्रदेशकै स्वच्छ एवं चर्चित नेता हुन् ।
उनी विगत लामो समयदेखी जसपा अध्यक्ष उपेन्द्र यादव निकट रहेर काम गर्दै आएका थिए । बाराको गंजभवानीपुर निवासी साहलाई बारा २ बाट आजपाले टिकट दिएपछि सो क्षेत्रका आम जनता उत्साही छन् ।






प्रतिक्रिया