काठमाडौं, ६ माघ । सिन्धुपाल्चोकमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले एकताको सन्देश दिँदै एकै प्रकारको परम्परागत पोशाक लगाएर मनोनयन दर्ता गर्ने भएका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपालको सहसंयोजक रहेको नेकपाले जिल्लाका दुवै निर्वाचन क्षेत्रका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूले एकै प्रकारको पोशाक लागाएका हुन् ।
क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव सापकोटा ‘सुबोध’ क्षेत्र नम्बर २ बाट युवराज दुलाल ‘शरद’ तथा समानुपातिकतर्फका उम्मेदवार भगवती नेपाल र लालकान्छा तामाङले दौरा–सुरुवाल र साडी–चोलीमा सजिएर मनोनयन दर्ता गर्ने छन्।
उनीहरूले लगाएको पोशाकले नेपाली सांस्कृतिक पहिचानलाई जोड दिएको छ। उनीहरूको गलामा मखमली फूलका माला लगाएर पृष्ठभूमिमा नेपाली राष्ट्रिय झण्डा र पार्टीका रातो झण्डाहरू फहराएर सामुहिक तस्बिर खिचाएका छन् ।




प्रतिक्रिया