कांग्रेस विवाद : देउवा पक्षले दायर गरेको रिटको सुनुवाई न्यायाधीश पोखरेलको इजलासमा हुने


काठमाडौं, ६ माघ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाईको लागि पेशी तोकिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा यो रिटमाथि सुनुवाई हुने भएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोग पुगेको थियो ।

आयोगले थापाको कार्यसमितिलाई मान्यता दिएको छ । त्यही आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत गएको हो । प्रतिनिधिसभाको निर्वाचनको लागि आज देशव्यापी रुपमा उम्मेदवारी दर्ता हुँदैछ ।