शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता


काठमाडौं, ६ माघ । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन पनि चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । पुनले आज म्याग्दी पुगेर स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले भने मन्त्रीबाट राजीनामा दिने कुनै चर्चा थिएन । हिजोमात्रै सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएका छन् । उनीहरु पनि चुनावी प्रतिष्पर्धामा उत्रिने भएका हुन् ।