भक्तपुर-२ मा कांग्रेस र नेकपाले निम्छरो उम्मेदवार उठाएको महेश बस्नेतको टिप्पणी, जित सुनिश्चित रहेको दाबी


काठमाडौं, ६ माघ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले भक्तपुर क्षेत्र नम्बर २ मा आफ्नो दलबाहेक अन्य सबैले निम्छरो उम्मेदवार उठाएको टिप्पणी गरेका छन् । मनोनयन दर्ता गराउनका पुगेका एमाले सचिव बस्नेतले भक्तपुर २ मा आफ्नो सानदार जित हुने बताएका हुन् । उनले अन्य पार्टीहरु कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीलगायतका उम्मेदवार जनतामा भिजेको र जनताले चिनेको उनले बताए ।

‘हामी चुनावमा भाग लिनेमात्रै होइन, सानदार ढंगले विजयी हुने तरिकाले आएका छौं । अन्य पार्टीका उम्मेदवार हेर्दा पनि कतिपय पार्टीले त स्थानीय मान्छे नपाएर टुरिष्ट उम्मेदवार दिए भन्ने कुरा छ । अन्य पार्टीका उम्मेदवार हेर्दा पनि यसपाली एमालेप्रति नै सद्भाव राखेर, एमालेले जितोस् भन्ने मनशाय राखेर नै उम्मेदवारी दिएको जस्तो देखिन्छ । किनभने जनतामा भिजेका, जनताले चिनेका साथीहरु उम्मेदवारको रुपमा आउनुभएको छैन,’– उनले भने ।

आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आज (माघ ६ गते) मनोनयन दर्ताको समय तोकिएको छ ।