काठमाडौं, ६ माघ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र) र अन्य दलहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बन्दा जनार्दन त्यता समाहित नभइ छुट्टै पार्टी खोलेका थिए ।
प्रलोपाका नेता शर्माले अहिलेसम्म आफू कहाँबाट चुनाव लड्न लागेको भनेर सार्वजनिक भने गरेका छैनन् । प्रलोपाका संघीय परिषद् अध्यक्ष सुदन किरातीले भने जनार्दनले रुकुम पश्चिमबाटै चुनाव लड्न लागेको बताए ।
‘जनार्दन शर्मा रुकुम पश्चिमबाटै चुनाव लड्नुहुन्छ । अहिले उम्मेदवारी दर्ताको तयारी भइरहेको छ । आफ्नै चुनाव चिन्ह ‘खुलेको आँखा’ लिएर उहाँ चुनावी मैदानमा होमिनु भएको छ,’– प्रलोपाका संघीय परिषद् अध्यक्ष किरातीले रिपोर्टर्स नेपालसँग भने ।
उक्ता नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पश्चिम गोपालल शर्मा ‘अनल’ लाई प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाएका छन् । प्रचण्डले रुकुम पश्चिम पुगेर अनललाई टिकट दिएका थिए । रुकुम पश्चिम तत्कालीन माओवादी केन्द्रको जनआधार भएको जिल्ला मानिन्छ ।




प्रतिक्रिया