काठमाडौं, ६ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ बाट चुनावी प्रतिष्पर्धामा होमिने निधो भएको छ । यसअघिका निर्वाचनहरु काठमाडौं–४ बाट जित्दै आएका थापाले यसपटक भने सर्लाही-४ बाट चुनाव लड्ने पक्का भएको हो ।
उनी अहिले केहीबेरमा उपसभापति विश्वप्रकाश शर्मालाई साथमै लिएर सर्लाही झर्दैैछन् । यो क्षेत्रमा रास्वपाबाट अमरेशकुमार सिंह चुनावी प्रतिष्पर्धामा उत्रिने भएका छन् । उनी हिजोमात्रै रास्वपामा प्रवेश गरेका हुन् ।




प्रतिक्रिया