काठमाडौं, ६ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । उनले आज (मंगलबार) सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा शैलेन्द्र साह र समर्थकमा बिक्की यादव रहेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकेको छ । आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भइरहेको छ ।









प्रतिक्रिया