एमाले महासचिव पोखरेलले दाङ २ बाट दर्ता गराए उम्मेदवारी, जसरी पनि जित निकाल्नुपर्ने दवाबमा


काठमाडौं, ६ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । दाङ क्षेत्र नम्वर २ बाट उमेदवार बनेका महासचिव पोखरेलले झाँकी जुलुस र बाजागाजासहित घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य सम्भु गौतम र समर्थकमा लुम्बिनी प्रदेश कमिटि सचिव लक्ष्मण आचार्य छन् । मनोनयन दर्तापश्चात् संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै पोखरेलले देश र जनताकालागि आफ्नो उमेदवारी भएको बताए । दाङसँगै समग्र मुलुकको सम्वृद्विमा सधैं प्रतिवद्व रहने उनको भनाई छ ।

गत २०७९ सालमा कांग्रेस–माओवादी गठबन्धनसँग पराजित महासचिव पोखरेल यसपटक जसरी पनि जित निकाल्नुपर्ने दवाबमा छन् ।

उनीसँग दाङ–२ मा कांग्रेसका किरणकिशोर घिमिरे, नेकपाका निर्मल आचार्य र रास्वपाका विपिन आचार्यसँगको प्रतिस्पर्धामा छन् ।