काठमाडौं, ६ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रचण्डले पूर्वी रुकुम पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
मनोनयन दर्ता गर्न जाने क्रममा प्रचण्डलाई नेता, कार्यकर्ता र समर्थकहरुले भव्य स्वागत गरेका थिए । प्रचण्डको स्वागतमा नेता तथा कार्यकर्ताले बाजागाजा र झाँकी प्रदर्शन गरेका थिए ।
आसन्न फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन दर्ताको मिति आज (माघ ६ गते) तोकिएको छ ।






प्रतिक्रिया