मन्त्रीबाट राजीनामा दिएर रास्वपा पसेका खरेलले ललितपुर–२ बाट दिए उम्मेदवारी


काठमाडौं, ६ माघ । सञ्चारमन्त्रीबाट राजीनामा दिएर रास्वपा प्रवेश गरेका जगदीश खरेल पनि संसदीय चुनावको लागि प्रतिष्पर्धामा होमिएका छन् । उनले ललितपुर–२ बाट उम्मेदवारी दर्ता गराएका छन् । हिजोमात्रै सञ्चारमन्त्रीबाट राजीनामा दिएका खरेल आज विहानै रास्वपामा प्रवेश गरेका हुन् ।

उनलाई उपसभापति डिपी अर्यालले पार्टीमा स्वागत गरेका थिए । उनी नेवारी पोशाकमा सजिएर उम्मेदवारी दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उनले ललितपुरका तीन वटै क्षेत्रमा रास्वपाको जित सुनिश्चित् भएको दाबी गरेका छन् । file photo