दुर्गा प्रसाई हाजिरी जमानीमा रिहा


काठमाडौं, ६ माघ । सार्वजनिक शान्ति भंग गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईं रिहा भएका छन् । उनी हिजो पोखराबाट पक्राउ परेका थिए । आज उनलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको हो ।

उनलाई परिवारको साथ लगाएर हाजिरी जमानीमा रिहा गरिएको हो । पक्राउ परेलगत्तै प्रसाईंले हिजो अब चुनाव हुन नदिने चेतावनी दिएका थिए ।