काठमाडौं, ६ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव लडेका सबै क्षेत्रमा रेकर्ड राखेको बताएका छन् । पूर्वी रुकुम पुगेर मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले आफूहरुले अहिलेसम्म एकै ठाउँबाट दोहोर्याएर चुनाव नलडेको, तर चुनाव लडेका सबै क्षेत्रमा राम्रो रेकर्ड कायम गरेको बताएका हुन् ।
‘म एकै ठाउँमा दोहोर्याएर चुनाव लडेको छैन। मैले रोल्पा, काठमाडौँ एकैसाथ। त्यसपछि सिराह। त्यसपछि चितवन, गोरखा हुँदै अहिले रुकुम पूर्व आइपुगेको छु,’ उनले भने, ‘चुनाव लडेका सबै क्षेत्रमा राम्रो रेकर्ड कायम गरेको छु ।’
प्रचण्डले समाजवादको यात्रा रुकुम र रोल्पाबाटै नेतृत्व गर्नुपर्छ भनेर यसपटक यहाँ आएर उम्मेदवारी दिएको बताए । प्रचण्डले गोरखा २ का जनता पनि सन्तुष्ट हुनेगरी नै काम गरेको बताए । प्रचण्डले २०७९ को आम निर्वाचन गोरखा २ बाट लडेर विजयी भएका थिए ।





प्रतिक्रिया