जनार्दन शर्मा पनि चुनावी मैदानमा, रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता


काठमाडौं, ६ माघ । डा. बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा पनि चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । उनले रुकुम पश्चिमबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

संविधानसभाको पहिलो निर्वाचन ०६४ सालदेखि निरन्तर फराकिलो मतले जित्दै आएका शर्मा यसपटक पूर्वपार्टी नेपाली कम्युनिष्ट पार्टीका नेता गोपाल शर्मासँग प्रतिष्पर्धामा होमिएका छन् । यसपटक उनी खुलेको आँखा चिन्हबाट चुनावी मैदानमा छन् ।