काठमाडौं, ६ माघ । नेकपा (एमाले) को तर्फबाट ओखलढुंगाकी उम्मेदवार अस्मिता थापाले आफ्नो मनोनयन दर्ता गराएकी छिन् । उनी एमालेकी सबैभन्दा कान्छी उम्मेदवार हुन् ।
जिल्ला इन्चार्ज तथा पूर्व सांसद यज्ञराज सुनुवार, नेताहरु नानीबाबु बुढाथोकी, किशोर अधिकारी, हर्कबोल राई, सकुन्तला राजभण्डारी र मोहन श्रेष्ठलगायतको अगुवाईमा थापाले आफ्नो मनोनयन दर्ता गराएकी हुन् ।
उम्मेदवारी दर्ताअघि पार्टीले विशाल जुलुश समेत निकालेको थियो ।




प्रतिक्रिया