निर्वाचन संविधान र राष्ट्रिय स्वाधीनता बचाउने अवसरः महासचिव पोखरेल


देउखुरी (दाङ), ६ माघ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले निर्वाचनलाई संविधान र राष्ट्रिय स्वाधीनता बचाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

आज दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, “यो निर्वाचनले शान्ति रोज्ने र हिंसा रोक्ने बीचको विकल्प प्रस्तुत गर्छ । हामीले यसलाई देशभर संविधानको रक्षाको अवसरका रूपमा लिएका छौँ ।”

महासचिव पोखरेलले दाङको भूमि सधैँ परिवर्तनको पक्षमा रहेको बताउँदै यसपटक पनि सुशासन र विकासको पक्षमा हाल्ने विश्वास व्यक्त गरे । रासस