ओखलढुंगा, ६ माघ । । नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले ओखलढुंगाको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् । ओखलढुंगामा ठूला पार्टीबाट महिला उम्मेदवार बनेको यो पहिलोपटक हो ।
जिल्ला इन्चार्ज तथा पूर्व सांसद यज्ञराज सुनुवार,नेताहरु नानीबाबु बुढाथोकी,किशोर अधिकारी,हर्कबोल राई,सकुन्तला राजभण्डारी,मोहन श्रेष्ठलगायतको अगुवाईमा मनोनयन दर्ता गराइएको हो ।
मनोनयन दर्ताअघि जिल्ला सदरमुकाममा एमालेले झाँकीसहित वृहत जुलुस निकालेर निर्वाचन कार्यालयतर्फ गएको थियो । युवा उम्मेदवारीले पार्टी र मतदातामा उत्साह छाएको अधिवक्ता कुमार घिमिरेले बताए ।
लिखु गाउँपालिका उपाध्यक्ष रहेकी थापालाई पार्टीले जेनजी पुस्ताबाट उम्मेदवार बनाउँदै प्रतिनिधि सभाको टिकट दिएको हो । उनी हालै सम्पन्न एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्य समेत निर्वाचित भएकी थिइन् ।
छोटो राजनीतिक करिअरमा अस्मिताले फड्को मारेर एमालेको उम्मेदवार बन्दा जिल्लामा उनको चचा चुलिएको छ ।















प्रतिक्रिया