अल्गोरिदममार्फत देश कब्जा गर्न आएका पात्रहरू चुनावमा सक्रिय : महेश बस्नेत


काठमाडौं, माघ ७ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले यो चुनावमा देश बनाउने एजेन्डा नभई देश नै सकाउने योजनासहितका पात्रहरू सक्रिय भएको आरोप लगाएका छन्। बुधबार सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन्, ‘यस चुनावमा देश बनाउने एजेन्डा होइन, देश सकाउने योजनासहित आएका पात्रहरू सक्रिय छन्। लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरू खारेज गर्न खोज्ने शक्तिहरू देश र जनताको जीवन परिवर्तन गर्न होइन, अल्गोरिदमको खरिद–बिक्री गरेर सत्ता कब्जा गर्न राजनीतिमा प्रवेश गरेका छन्।’

उनले अगाडि भनेका छन्, ‘उनीहरूका साइबर फ्याक्ट्रीबाट निस्केका आवाजहरू जनताको वास्तविक आवाज होइनन्। भ्रम, झुट र हेरफेरमार्फत जनमत कब्जा गर्ने यो खतरनाक प्रयासलाई हामीले चिन्नै पर्छ। हामी सजग हुनुपर्छ अल्गोरिदममार्फत देश कब्जा गर्न आएको शक्तिबाट लोकतन्त्र, संविधान र जनताको भविष्य जोगाउनुपर्छ।’