बाजुरा, ७ माघ । आसन्न फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुराबाट एक स्वतन्त्रसहित सात दलले उम्मेदवारी दर्ता गराएका छन् ।
मङ्गलबार भएको मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र एक स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत सञ्जिव पोखरेलका अनुसार नेपाली कांग्रेसबाट जनकराज गिरी, नेकपा (एमाले)बाट लालबहादुर थापा र नेपाली कम्युुनिष्ट पार्टीबाट प्रकाशबहादुर शाहले मनोनयन दर्ता गराएको हो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशरबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए । रासस




प्रतिक्रिया