काठमाडौं, २ माघ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका डा.बाबुराम भट्टराईले गोरखकालीमा पुगेर गोरखनाथको प्रसाद ग्रहण गरेका छन् । निर्वाचन अभियानको क्रममा बाबुराम गोरखनाथ पुगेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै गोरखनाथको प्रसाद (रोट) ग्रहण गरेको बताएका छन् । ‘गोरखा–२ निर्वाचन अभियानको क्रममा गोरखकालीमा गोरखनाथको प्रसाद (रोट) ग्रहण,’– उनले भनेका छन् ।
उनले सामाजिक सञ्जालमा राखेको फोटोलाई लिएर ‘बुद्धि आओस्, पाष्टरको नाटक, हिन्दू धर्म मासेर आखिर गुरुको शरणमा’ जस्ता आलोचनात्मक कमेन्टहरु आएका छन् ।




प्रतिक्रिया