नतिजा जे आएपनि स्वीकार्ने हिसाबले संयमित भएर हामी अघि बढ्नेछौं : रवि लामिछाने


काठमाडौं, ७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले चुनावी प्रचारप्रसारमा संयमतता अपनाउन अपिल गरेका छन् । झापामा हिजो उम्मेदवारी दर्ताको क्रममा रास्वपा र एमालेका कार्यकर्ताहरुबीच घम्साघम्सी परेको थियो । यही सन्दर्भमा लामिछानेले पूर्ण रुपमा आचारसंहिता पालना गर्न सबैलाई आग्रह गरेका छन् ।

लामिछानेले भे,‘यसको नतिजा जे आएपनि स्वीकार्ने हिसाबले संयमित भएर हामी अगाडि बढ्नुपर्छ। स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ सबैले। भड्काउने र उत्तेजित हुने क्रियाकलाप कुनै राजनीतिक दलले नगरोस्।’ file photo