महेन्द्रबहादुर शाही र प्रकाण्ड आमनेसामने


काठमाडौं, ७ माघ । २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा पूर्व माओवादीका प्रभावशाली नेताहरु महेन्द्रबहादुर शाही र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चुनावी प्रतिष्पर्धामा आमनेसामने भएका छन् । शाही नेपाली कम्युनिष्ट पार्टीबाट चुनावी मैदानमा उत्रिँदा उनलाई काउन्टर दिनको लागि यो क्षेत्रमा नेकपा (मओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भने प्रकाण्डलाई चुनावी मैदानमा उत्रिएका छन् ।

विप्लवपनि चुनाव लड्ने भनिएको थियो । तर, अन्तिममा उनी चुनावी प्रतिष्पर्धाबाट ब्याक भएका छन् । उनले प्रकाण्डको नेतृत्वमा अरु नेताहरुलाई चुनावी मैदानमा उतारेका छन् । नेकपा (माओवादी) को चुनाव चिन्ह भने गुलाफको फूल रहेको छ । प्रकाण्डलाई बाबुराम भट्टराई र जनार्दन शर्माहरु सम्मिलित प्रगतिशील लोकतान्त्रिक पार्टीको साथ रहने चर्चा छ ।

०७९ को निर्वाचनमा यो क्षेत्रबाट महेन्द्रबहादुर शाहीले नै जित हाँसिल गरेका थिए । अहिलेपनि शाहीलाई नै प्रचण्डले चुनावी मैदानमा उतारेका छन् । यो क्षेत्रमा जनयुद्धकालिन कमाण्डरहरु महेन्द्र र प्रकाण्ड आमनेसामने हुँदा अन्य दलबाट उम्मेदवारी दिएकाहरु पनि जित निकाल्न सकिनेमा आशावादी बनेका छन् ।