पूर्वराजा शाह दम्पति जनकपुर जाने तय, सुरूमा जानकी मन्दिरको दर्शन


काठमाडौं, ७ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्य लक्ष्मी शाह जनकपुर जाने भएका छन् । उनीहरु यही माघ १२ गते जनकपुर प्रस्थान गर्ने पूर्वराजा शाहको सम्वाद सचिवालयले एक सूचनामार्फत जानकारी गराएको हो ।

जनकपुर पुग्नेबित्तिकै जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको पनि सचिवालयले जनाएको छ । यसअघि माघ ५ गते भने पूर्व युवराज पारस शाह पनि जनकपुर पुगेको समाचार थियो । file photo